काठमाडौँ, २७ जेठ । आज नेप्से परिसूचक २६.२४ अंकले बढेर २६७९.३४ अंकमा पुगेको छ । जुन अघिल्लो कारोबार दिनको तुलनामा ०.९७ प्रतिशतले बढी हो ।
परिसूचकसँगै बजारको कारोबारमा पनि उत्साह देखिएको छ। बजारमा आज २४८ कम्पनीका २ करोड ३६ लाख कित्ता शेयर कारेबार हुँदा १० अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको हो ।
बजारमा कारोबार भएका कम्पनीमध्ये आज १९६ कम्पनीको शेयरमूल्य बढेको छ भने ५२ कम्पनीको शेयर घटेको छ । बजारमा आज सबै समूहको मूल्य बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह ५.१२ प्रतिशतले बढेको छ । बजारमा आज नेप्से भन्दा सेन्सेटिभ परिसूचक धेरैले बढेको देखिन्छ । यसले लगानीकर्ताहरु ठूला कम्पनीमा आकर्षित भएको देखिएको छ ।
बजारमा आज पियोर इनर्जी र श्री इन्भेष्टमेन्टको मूल्यमा सकारात्मक सर्किट लागेको छ । रावा इनर्जीको मूल्य सबैभन्दा धेरै ६.१४ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्