समाचार

अन्नपूर्ण पोल्ट्री फर्ममा भीषण आगलागी



काठमाडौँ, २९ जेठ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१४ गङ्गाबस्तीस्थित अन्नपूर्ण पोल्ट्री फर्ममा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बुधबार राति भएको आगलागीमा परेर फर्ममा रहेका ५  हजार ७ सय वटा कुखुरा जलेर मरेको हो । 

आगलागी हुँदा प्यारेन्ट प्रजातिका ४ हजार ५ सय साना चल्ला र लेयर्स चल्ला १ हजार दुई सय वटा ठूला चल्ला जलेर मरेका छन्। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

बर्दघाट नगरपालिकाको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट फर्मको भौतिक संरचनामा समेत क्षति भएको छ ।