काठमाडौँ, ३० जेठ । नेपाली काँग्रेसका शीर्ष नेताहरूले शिक्षकहरूको तलब वृद्धि, सामाजिक सुरक्षा र शिक्षाको गुणस्तर सुधारका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीवार काठमाडौंमा सम्पन्न नेपाल शिक्षक संघको २४औं संघीय प्रतिनिधि सभामा सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले मुलुकको आर्थिक अवस्था कमजोर भए पनि महँगी बढेका कारण शिक्षकहरूको तलबले जीवनयापन गर्न गाह्रो भएको भन्दै तलव वृद्धि गर्न आफूले सरकारसँग पहल गर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “नेपालको अर्थतन्त्रले पनि धान्नुप¥यो, तर शिक्षक साथीहरूका जायज मागहरूलाई केही हदसम्म भए पनि पूरा गर्न म सरकारसँग कुरा गर्नेछु ।” सभापति देउवाले शिक्षकहरूले विगतका राजनीतिक परिवर्तनमा मात्र नभई सामाजिक चेतना फैलाउन पनि ठूलो योगदान दिएको भन्दै अब उनीहरूको माग सुन्नु राज्यको दायित्व भएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्