समाचार

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन



बैतडी, ३० जेठ । पुर्चौडी नगरकार्यपालिका सदस्य ऐते लुहारको मृत्यु भएको छ । 

पुर्चौडी नगरपालिका ३ का वडाध्यक्ष खगेन्द्र बोहराका अनुसार दुवै मृर्गौला फेल भएका ५५ वर्षीय लुहारको धनगढीस्थितसेती प्रादेशिक अस्पताल उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो ।
 
सदस्य लुहारको निधनमा नगरपालिकाले आज आफ्नो कार्यक्षेत्रमा शोक बिदा घोषणा गरेको छ ।