राजनीति

नेपाल–भारत सुरक्षा बैठक : अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाइने



रौतहट, ३१ जेठ । नेपाल–भारत दुईपक्षीय बैठकमा अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउने सहमति भएको हो ।

सीमा संयुक्त समन्वय समितिको नियमित बैठक शुक्रबार साँझ सर्लाहीको हरिवनमा सम्पन्न भएको छ । सर्लाहीका सिडियो तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको थियो । दुईपक्षीय बैठकमा सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप, लागुऔषध, अवैध हातहतियार कारोबार, तथा मदिराजन्य पदार्थको तस्करी नियन्त्रण गर्ने सहमति भएको बैठकमा सहभागी रौतहटका सिडियो विनोद कुमार खडकाले जानकारी दिए ।  एक देशमा अपराध गरी अर्को तर्फ लुकेर बसेका अपराधीलाई पक्राउ गर्न सूचनाको आदानप्रदानसंगै प्रत्यक्ष सहयोग गर्ने सहमति पनि भएको छ ।

त्यसैगरी विदेशी घुसपैठमाथि पूर्ण निगरानी, दशगजादेखि सीमा क्षेत्रको सुरक्षामाथि बैठकले विशेष जोड दिइएको छ । दुईपक्षीय बैठकमा  सर्लाही, महोत्तरी, रौतहट तथा भारत (विहार)को सितामढी जिल्लाका सुरक्षा अधिकारीको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।