काठमाडौँ, ३१ जेठ । कञ्चनपुरमा एक बालक मृत अबस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रवार साँझ भीमदत्त नगरपालिका–३ बिजपुरीस्थित संहारी टोलका १३ वर्षका सुदर्शन डगौरा घरको आँगनमा मृत अवस्थामा फेला परेको हो ।
कच्ची भुइँतले र टिनको छाना भएको घरको आँगनमा मृत फेला परेका बालकको घटनाबारे हाल आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्