काठमाडौँ, १ असार । इजरायली रक्षा बल (आइडीएफ)ले इरानको राजधानी तेहरानको सैन्य ठेगानामाथि हवाई आक्रमण गरिरहेको जनाएको छ ।
यसबिच, इजरायली जनतालाई सतर्क रहन र अलार्म बजेपछि सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ । रक्षा बलले इरानबाट प्रहार गरिएका मिसाइलहरू रोक्न हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ ।
यसैबिच, इरानको सरकारी टेलिभिजनले ‘ट्रु प्रमिस’ नामक कारबाहीअन्तर्गत दोस्रो लहरमा १०० वटा मिसाइल प्रहार गरिएको दाबी गरेको छ । स्थिति थप तनावपूर्ण बन्दै गइरहेको छ भने दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमण जारी रहेको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्