काठमाडौँ, १ असार । भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा हेलिकप्टर दुर्घटना भएकाे छ ।
आज बिहान गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना भएको हो । सो हेलिकप्टर केदारनाथ धामबाट फाटा जाँदै थियो । दुर्घटनामा हेलिकप्टरमा सवार सबै ५ जनाको मृत्यु भएको बताइएको छ । खराब मौसमका कारण दुर्घटना भएको हो । उद्धारकर्ता र प्रहरी टोलीसँगै घटनास्थल पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्