काठमाडौँ, २ असार । चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा धेरै कमाइ गर्ने २५ फिल्मलाई सम्मान गर्ने भएको छ ।
बोर्डले आइतबार विज्ञप्ति जारी गर्दै २०५७ असार १६ देखि २०८२ साल जेठ मसान्तसम्म धेरै कमाइ गर्ने फिल्मलाई सम्मान गर्ने जनाएको हो ।
यसको लागि न्यूनतम ५ करोड रुपैयाँभन्दा धेरै कमाइ गर्ने फिल्मका निर्माताले प्रमाण खुल्ने कागजातसहित ७ दिनभित्र बोर्डमा निवेदन दिनुपर्ने जनाइएको छ ।
यसको लागि सम्बन्धित वर्षको चलचित्र निर्माण कम्पनीको लेखापरीक्षणको कागजपत्र र वितरकले निर्मातालाई भुक्तानी गरेको प्रमाण खुल्ने कागजात्र पेश गर्नुपर्ने अध्यक्ष दिनेश डीसीले बताए ।
आगामी असार १६ गते आयोजना हुने बोर्ड स्थापनाको २५ औं वार्षिकोत्सव समारोहमा सम्मान प्रदान गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्