समाचार

हुम्लामा आगलागीबाट ८ घर जलेर नष्ट



हुम्ला, २ असार । जिल्लाको सर्केगाड गाउँपालिका-३ को उनापानी गाउँमा आगलागी हुदाँ ८ घर जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट सर्केगाड गाउँपालिका-३ का ३७ का बिर्ख रावत, ४७ वर्षकी बाटुली फडेरा, ४३ वर्षका लाल कुवार फडेरा, ४४ वर्षका पाले फडेरा, ४३ वर्षकी आशा फडेरा, २९ वर्षका बिरजन फडेरा,  ४२ का धनबहादुर रावतको घर जलेको हो ।

हालसम्म मानवीय तथा पशु चौपाय क्षति नभएको र स्थानीयवासी र प्रहरीहको सहयोगमा आगो निभाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

आगलागी हुदाँ ५ वटा घरको झ्याल र ढोका फुटाई सामान निकाली थप क्षति हुनबाट बचाइएको छ । आगलागी नियन्त्रणका लागि प्रहरी चौकी सर्केदेउबाट प्रहरी नायव निरीक्षक सुबिन शाहको कमाण्डमा टोली खटिएको छ ।