काठमाडौँ, २ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य जरुरी रहेको बताएका छन् ।
मन्त्रायले आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को समीक्षा तथा प्रशंसा–पत्र वितरण कार्यक्रममा मन्त्री गुरुङले सूचना प्रविधिको विकास स्थानीय तहसम्मै व्यापक हुनुपर्नेमा जोड दिए । उनले आइटी दिवसलाई सरकारले उत्सवका रुपमा मनाउनुपर्ने र युवा पुस्तालाई जति सक्दो प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।
मन्त्री गुरुङले भने, ‘यो दिवस देशभर उत्सवका रुपमा मनाउनुपर्छ, नयाँ जनशक्तिको हौसला बढाउनका लागि थप गतिविधिहरु बढाउन आवश्यक छ । सरकार सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा तयार छौँ, यसका लागि निजी क्षेत्रको सहकार्य जरुरी छ ।’
प्रतिक्रिया दिनुहोस्