विश्व

इरानको राजधानी तेहरान खाली गर्न ट्रम्पको धम्की 



एजेन्सी, ३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–इरान जारी संघर्षका बीच इरानको राजधानी तेहरान तत्काल खाली गर्न सुझाव दिएका छन् । 

उनले आफ्नो ट्रुथ सोसियलमा लेखेका छन्, ‘मैले जुन सम्झौताको कुरा गरेको थिए, त्यसमा इरानले हस्ताक्षर गर्नुपर्छ । तर इरानले मानेको छैन, यो निकै लज्जास्पद र मानव जीवनको बर्बादी हो ।’

आफूले बारम्बार इरानसँग परमाणु हतियार हुन नहुने बताइरहेको र अब सबैले तेहरानलाई तत्काल खाली गर्नुपर्ने ट्रम्पले चेतावनी दिएका छन् ।

ट्रम्प जी सेभेन राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन क्यानडा गएका थिए । तर उनी तत्कालै फर्किँदैछन् । मध्यपूर्वमा देखिएको अवस्थाका कारण आफू फर्किएको उनको भनाइ छ ।