काठमाडौँ, ५ असार । सङ्घीय सांसद मेटमणि चौधरी विरुद्ध बैङ्किङ कसुरमा जाहेरी परेको छ ।
दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीविरुद्ध चेक अनादरमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार सांसद चौधरीविरुद्ध चेक अनादरमा हुलाकबाट जाहेरी आएको हो तर त्यो भेरिफाई गर्न बाँकी रहेको छ । सांसद चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरको जाहेरी परेको हो ।
उनी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उपमहासचिव समेत हुन् । उनी प्रतिनिधिसभा निर्वाचन, २०७९ मा दाङ १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्