राजनीति

अस्ट्रेलियाले बन्द गर्‍यो तेहरानस्थित दूतावास



काठमाडौँ, ६ असार ।  इरान र इजरायलबिच बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित आफ्ना दूतावासको कार्य सञ्चालन बन्द गरेको छ ।

अस्ट्रेलियाली विदेश मन्त्री पेनी वोंगका अनुसार, सुरक्षा अवस्था बिग्रँदै गएकाले सबै अस्ट्रेलियाली अधिकारी र उनीहरूका परिवार सदस्यलाई इरानबाट फिर्ता बोलाइएको हो ।

दूतावास बन्द भए पनि अस्ट्रेलियाली राजदूत क्षेत्रमै रहने र सङ्कट व्यवस्थापनमा सरकारलाई सहयोग गर्ने वोंगले बताइन् । अस्ट्रेलियाबाट इरानमा रहेका नागरिकलाई फिर्ता ल्याउन सरकार प्रयासरत रहेको जनाउँदै उनले भनेकी छन्, “इरानमा रहेका अस्ट्रेलियाली नागरिकलाई फर्काउनका लागि सीमित विकल्पहरू रहेका छन् ।”