काठमाडौँ, ६ असार । कुशल भुर्तेलको अर्धशतक मदतमा नेपालले स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलामा दोस्रो जित निकालेको छ ।
ग्लास्गोमा बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्समाथि ६ विकेटको प्रभावशाली जित हात पारेको हो । नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए । ५१ बल खेलेका उनले ६ चौका प्रहार गरे । त्यस्तै आरिफ शेखले ३९ रन बनाए । आरिफ नपालको स्कोर १६८ रन हुँदा रिटार्य हर्ट भएङ्का थिए । यस्तै टी२०आईमा डेब्यू गरेका भीम सार्कीले २७ रन बनाए ।
नेदरल्याण्ड्सका बेन फ्लेचर, आर्यन दत्त, रोलफ भान डर मर्वे र जाच लायन काचेटले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाउँदै नेपाललाई १७५ रनको लक्ष्य दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्