काठमाडौँ, ६ असार । नेल्सन मण्डेलाले भन्नुभएको छ, ‘शिक्षा त्यो हतियार हो, जसले संसारलाई बदल्न सकिन्छ ।’ हो वास्तवमा नै मानिसको जीवनमा सवैभन्दा ठूलो हतियार नै शिक्षा हो । जसले संसारलाई बदल्नमात्र नभई मेरुदण्डको रुपमा लिइन्छ । यस्तै विद्यार्थी भनेको भविष्यका कर्णधारमात्र हैनन्, वर्तमानका हिस्सेदार पनि हुन् ।
यहि मान्यतालाई आत्मसात् गर्दै काठमाडौँको ज्ञानेश्वरमा सञ्चनलमा आइएसटी कलेजले नवयुवा तथा विद्यार्थीको ध्यान केन्द्रीत गर्न सफल भएको छ । होटल म्यानेजमेन्ट तथा टुरिजम् लगायतका शिक्षा प्रदान गरिरहेको कलेजले स्वदेशमा नै उच्च शिक्षालाई भविष्यको आधार बनाउने कार्यमा तल्लिन रहेको छ । यसै क्रममा कलेजले आज विशेष कार्यक्रम गरी नयाँ विद्यार्थीहरुलाई भव्य रुपमा स्वागत गरेको छ । शिक्षा भनेको जीवनको तयारी मात्र नभई शिक्षा नै जीवन हो भन्ने कुरालाई स्थापित गराउन कलेजले स्वदेश तथा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी व्यवस्थित, व्यवहारीक तथा प्राविधिक ज्ञानसहितको शिक्षा प्रदान गरिरहेको छ । विद्यार्थीलाई प्रयोगात्मक तथा रोजगारीको समेत विशेष व्यवस्थासहित उक्त कलेजले नयाँ विद्यार्थीको भर्ना लिएको हो । कलेजले आफ्नो विद्यार्थीलाई जापान, युरोप तथा अन्य विभिन्न मुलुकहरुमा सहकार्य गरी नविनतम् सोच तथा प्रविधिसहितको शिक्षा प्रदान गरिरहेको कलेका डाइरेक्टर तेजबहादुर ढकालले बताउनुभयो ।
‘हाम्रो कलेज सैद्धान्तिकमात्र हैन, त्यसलाई व्यवहारीक रुपमा रुपान्तरण गर्नुपर्छ भन्ने मान्यता राख्छ । जसले गर्दा भोलीका दिनमा विद्यार्थीले आफ्नो भविष्य उज्जव देखुन् । यसैको लागि हामीले देशमै केही गर्ने विद्यार्थीको लागि स्वदेशमा नै इन्टसीप तथा रोजगारीको व्यवस्था समेत गर्ने गरेका छौं । जसले गर्दा दक्ष तथा क्षमतावान् युवा रोजगारीको खोजिमा विदेश भौतारिनु नपरोस् । हामीले विदेशमै जान चाहनले विद्यार्थीलाई समेत जापान, युरोप लगायतका विभिन्न मुलुकमा इन्टनसीप तथा रोजगारीको लागि विशेष व्यवस्था गर्ने गरेका छौं । पढ्दै कमाउँदै शिक्षा नीति चलाएका छौं । जसले गर्दा निरासामा वदलीएको नवयुवाको सोचलाई आशाको दियो बाल्ने प्रयास गरेका छौं’, उहाँले भन्नुभयो ।

यसै क्रममा होटल म्यानेजमेन्ट पढ्ने नयाँ विद्यार्थीको लागि कलेजले स्वागत कार्यक्रम आयोजना गरेको छ । नरेन्द्र बज्रचार्यको प्रमुख आतिथ्यतामा आज आयोजित स्वागत कार्यक्रममा शिक्षासँग सम्बन्धीत विभिन्न व्यक्तित्व, कलेजका प्राध्यापक, कर्मचारी, नवविद्यार्थी तथा अन्य कलेजका सम्पूर्ण अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न विधाका गायन, नृत्य, हाजिरी जवाफ तथा अन्य रचनात्मक कार्यक्रमहरु आयोजना गरिएको थियो ।
कलेजमा अध्ययन गर्नको लागि सयौंको संख्यामा नयाँ विद्यार्थीहरु भर्ना भएको डाइरेक्टर ढकालले बताउनुभयो । ‘शिक्षा भनेको बत्तीको जस्तो हो, जसले कुनै पनि अँध्यारो हटाउँछ । तसर्थः नयाँ पुस्ताका विद्यार्थीको सोच, भावना तथा चाहना अनुसारको अध्ययन तथा अध्यापन गराईने भएकाले पनि हाम्रो कलेजमा विद्यार्थीको अकर्षण बढ्दो रहेको छ । हामीले अध्ययन गराउने मात्र नभई विद्यार्थीको भविष्यको आधार समेत तयार पार्ने गरेका छौं ।,’ उहाँले भन्नुभयो, ‘पछिल्लो समय उच्च शिक्षा पढ्ने विद्यार्थीले विदेश रोज्ने गरेको दुःखद् अवस्था छ । कलेजहरुमा विद्यार्थीको संख्या घट्दो रहेको छ । तर हाम्रो कलेजमा विद्यार्थीले रोज्ने र खोज्ने वातावरण बनाएका छौं ।’

प्रतिक्रिया दिनुहोस्