राजनीति

एमालेनिकट शिक्षक संगठनको अध्यक्षमा शाही निर्वाचित (सूचीसहित)



काठमाडौँ, ८ असार । नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंशबहादुर शाही निर्वाचित भएका छन् ।

संगठनको १४ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चुन्न शनिबार राति विद्युतीय मतदान भएको थियो । जसअनुसार अध्यक्षमा शाही चुनिएका हुन् । शाही यसअघि दुई कार्यकाल महासचिव भइसकेका थिए।

अध्यक्षमा तीनजनाबीच प्रतिस्पर्धा भएको थियो । निवर्तमान उपाध्यक्ष कमला थापा र केन्द्रीय सदस्य यामबहादुर कुँवर अध्यक्षका प्रत्यासी थिए । वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्वुजा, उपाध्यक्षमा गोविन्द भण्डारी निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्ष (महिला) तर्फत अम्बिका चापागाईं चुनिएकी छन् । महासचिवमा प्रकाश खनाल निर्वाचित भए ।

कोषाध्यक्षमा नरवहादुर रावल, उपमहासचिवमा श्रीराम दाहाल, सचिवमा  वामदेव सुवेदी र सचिव (महिला) तर्फ वेणु काफ्ले निर्वाचित भइन् । बिहीबारदेखि भएको महाधिवेशनमा ४७८ प्रतिनिधि थिए ।