समाचार

मेडल र स्टिकर गोदाममा आगलागी



काठमाडौँ, ८ असार । नागार्जुन नगरपालिका-३ बाफलस्थित मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ ।

राजेन्द्र उदासले सञ्चालन गरेको गोदाम आज बिहान ३ बजेर २० मिनेटमा आगलागी भएको हो ।

सशस्त्र प्रहरीसहित सुरक्षाकर्मीको टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ । नेपाली सेना र नेपाल प्रहरीको समेत सहयोगमा साढे एक घण्टापछि आगलागी नियन्त्रणमा आएको हो ।

आगो निभाउन बालाजु दमकल र  जुद्द बारुण यन्त्रसहित सुरक्षाकर्मीको टोली खटिएको थियो । सशस्त्र प्रहरी बल नम्बर १८ निलबाराही गणबाट मात्र प्नहरी निरीक्षक नीरकुमार कार्कीको कमान्डमा ३५ जनाको टोली खटिएको थियो ।