काठमाडौँ, ८ असार । बर्दियामा जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।
प्रहरीका अनुसार १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–१० बैदी डेरा गरी बस्ने सोही नगरपालिका–८ थानफेना घर भएका १९ वर्षीय वसन्त बिसीलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
वसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्