समाचार

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु  



काठमाडौँ, ८ असार । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर मदन भण्डारी पेप्सीडिपो नजिक सडकमा बा.प्र. ०२–०३७ प ६८२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २५ वर्षीय पवन पराजुलीको मृत्यु भएको छ ।

शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको राष्ट्रिय ट्रामा सेन्टरमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।