अर्थ

नेप्से परिसूचक ३२.१६ अङ्कले घट्यो



काठमाडौँ, ८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३२.१६ अङ्कले घटेर २५९६.७४ विन्दुमा बन्द भएको छ ।

करिब ३ महिनापछि बजार फेरि २६ सयबाट तल झरेको हो । यसअघि मार्च २५ मा बजार सो विन्दुबाट उकालो लागेको थियो । परिसूचकसँगै आज कारोबार समेत घटेको छ । अघिल्लो दिन १० अर्ब बढीको कारोबार भएको नेप्सेमा कुल ९ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

आज दिनभरमा ८७ हजार ३०२ वटा कारोबारमार्फत२ करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर खरिदबिक्री भएका छन् । आज बजारमा २४८ कम्पनीका ३१० कम्पनीका कुल स्क्रिपको कारोबार भयो । कारोबारमा आएका कुल ३१० कम्पनीमध्ये जम्मा २३ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो भने २२५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

बजारमा आज होटल र हाइड्रो समूहको मूल्यमा उच्च गिरावट आएको छ । बजारका सबै समूह आज नकारात्मक देखिएका छन् । आजको ओरालो लागेको बजारमा पनि जोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।