काठमाडौँ, ९ असार । काठमाडौँमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
प्रहरीका अनुसार गएराति ८ बजेर २५ मिनेट जाँदा काठमाडौँको ढुंगेअड्डास्थित कलंकीदेखि थानकोटतर्फ जाँदै गरेको ना ६ ख ८६७४ नम्बरको ट्रक तथा बा.प्र.०२–०४९ प ४९५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ६३ प २०७७ नम्बरको अर्को मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
ढुंगेअड्डामा दुईवटा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा हुम्लाका धीरेन्द्र भियालको मृत्यु भएको हो । वर्ष २२ का भियालको उपचारका क्रममा सहिद मेमोरियल अस्पताल कलंकीमा मृत्यु भएको हो । ५० वर्षका मुक्ति नारायण श्रेष्ठ घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको छ । सहिद मेमोरियल अस्पताल कलंकीमका उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्