रुकुम पश्चिम, ९ असार । रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतबारसाँझ त्रिवेणी गाउँपालिका–१०, बर्नेटीका ५० वर्षीया गनेशा ओलीको चट्याङ लागेर मृत्यु भएको हो ।
घरमा चट्याङ पर्दा गणेशा एक्कासि बेहोस भएकी थिइन् । तत्काल उद्धार गरी उनलाई जिल्ला अस्पताल सल्ले पुर्याइएकामा चिकित्सकले गए राति मृत घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्