Banner News

सबै स्थानीय तहमा ‘म स्वस्थ मेरो समुदाय स्वस्थ’ कार्यक्रम लागू गरिने



काठमाडौँ, ९ असार । स्वास्थ्य तथा जनसङ्ख्या स्वास्थ्य तथा मन्त्री प्रदीप पौडेलले ‘म स्वस्थ मेरो समुदाय’ कार्यक्रमका ७३६ स्थानीय तहमा जनस्वास्थ्य प्रभावकारी सञ्चालन गर्न एक-एक जनस्वास्थ्य अधिकृतको व्यवस्था गरिएको बताएका छन् ।  

आज प्रतिनिधिसभामा प्रस्तुत भएको बजेटमाथि मन्त्रालयगत छलफलका रूपमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९५ अर्ब ८१ करोड विनियोजन गरेको बताए । जसमा संघ सरकारबाट ५५ अर्ब ४९ करोड, प्रदेश सरकारबाट ६ अर्ब ४३ करोड स्थानीय सरकारतर्फ ३४ अर्ब ३२ करोड विनियोजन गरिएको छ । 

मन्त्री पौडेलले सीमित स्रोत भित्र अधिकतम प्रयोग गर्ने उद्देश्यले बजेट पारिएको बताए । निरोगी नेपालको अवधारण अनुसार फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिनाका रूपमा मनाइने उनले बताए ।

आयुर्वेद योग  ध्यान तथा परम्परागत चिकित्सा विधिमार्फत निरोगी नागरिक बनाउन नागरिक आरोग्य कार्यक्रमलाई सबै स्थानीय तहमा विस्तार गरिने मन्त्री पौडेलले बताए ।