समाचार

एसीसी १६ वर्षमुनिको इस्ट जोन कपमा नेपालले आज जापानसँग खेल्दै



काठमाडौँ, १० असार । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले आज जापानसँग खेल्दैछ ।

मलेशियाको कोजल टुन्कु जाफर ओभरल क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान पौने ८ बजेट खेल शुरु हुनेछ ।

अस्ति आइतवार भएको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो । १६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् ।

यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ ।