काठमाडौँ, १० असार । इरानले अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेपछि काठमाडौँबाट कतार जाने उडान रोकिएको छ ।
हिजो बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको कतार एयरवेजको विमान ओमानको मस्कटमा अवतरण गरेको छ ।
इरानले आक्रमण गरेसँगै कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । कतारको हवाई क्षेत्र बन्द भएसँगै नेपाल एयरलाइन्सको दोहा उडानसमेत प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्