दोहा, १० असार । मध्यपूर्वमा बढेको तनावसँगै कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि अस्थायी रूपमा बन्द गरिएको कतारको हवाई क्षेत्र पुनः सञ्चालनमा आएको छ ।
कतारको नागरिक उड्डयन प्राधिकरणले हवाई यातायात सामान्य अवस्थामा फर्किएको घोषणा गरेको हो ।
इरानले मिसाइल प्रहार गरेपछि उत्पन्न भएको असुरक्षाका कारण कतारले आफ्नो हवाई क्षेत्र सावधानी अपनाउँदै बन्द गरेको थियो । प्राधिकरणले सामाजिक सञ्जाल एक्समा अरबी भाषामा एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘देशको हवाई क्षेत्रको अवस्था सामान्य भइसकेको छ र उडानहरू पुनः सुरु भएका छन् ।’
प्रतिक्रिया दिनुहोस्