समाचार

कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी



काठमाडौँ, १० असार । काठमाडौँको कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी भएको छ ।

कलेजको सातौँ तलामा रहेको क्यान्टिनमा बिहान ६ बजे आगलागी भएको हो । अहिले दमकलको सहयोगमा सुरक्षाकर्मीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।