एजेन्सी, ११ असार । संयुक्त राष्ट्र सङ्घका लागि इजरायलका राजदूत ड्यानी डानोनले इरानसँगको युद्धविराम उल्लङ्घन भएमा इजरायलले ‘कडा जवाफ’ दिने बताएका छन् ।
मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गर्दै डानोनले यस्तो बताएका हुन् । बैठकमा सम्बोधन गर्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराममा खेलेको भूमिकाका लागि धन्यवाद समेत दिएका थिए । उनले इजरायलले इरानी शासनका लक्ष्यमाथि आक्रमण गरेर गम्भीर क्षति पुर्याएको बताए ।
प्रतिक्रिया दिनुहोस्