काठमाडौँ, १२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी पुस्तामा निकै रुचाइएका गायक जोन राईलाई उनको नयाँ गीत ‘पर्खी रहेछु’को लागि बधाई तथा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा गायक राईले ओलीलाई नयाँ गीतबारे जानकारी दिएका थिए । उनले प्रधानमन्त्रीसँगको भेटको तस्वीरसहित प्रशंसकलाई सामाजिक संजालबाट यसबारे जानकारी गराएका छन् ।
‘केपी बा : पर्खिरहेको छुको लागि बधाई छ’ गायक राईले लेखेका छन् ।
जोनको उक्त नयाँ गीत युट्युब, स्पोटीफाई लगायतका प्लाटफर्ममा मंगलबारदेखि रिलिज भएको छ । सन् २०२० मा आफ्नो स्व-लिखित एकल गीत ‘प्रश्न’बाट सांगीतिक करिअर थालेका थिए । त्यसपछि सन् २०२२ मा ‘पर्खि रहेछु’, ‘को छ र’ र टिकटकमा भाइरल बनेको ‘साधना’जस्ता मर्मस्पर्शी गीत रिलिज भए ।
प्रतिक्रिया दिनुहोस्