काठमाडौँ, १२ असार । सर्लाहीमा टिपरले साइकललाई ठक्कर दिंदा एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार साइकल यात्री कबिलासी नगरपालिका -८ अगर्वा बस्ने दिनेश साहको छोरा २० वर्षीय सचिन साह (गुप्ता)को मृत्यु भएको हो ।
सर्लाही लालबन्दी नगरपालिका-५ मेजरगंजस्थित भित्री सडक खण्डमा जब्दीबाट लालबन्दी तर्फ आउँदै गरेको ना२क ५०१ नम्बरको टिपरले बुधबार राति ८ बजेतिर युवकलाई ठक्कर दिएको थियो । उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटना लगतै टिपर चालक फरार भएका छन् । घटना लगतै स्थानीयले टिपरमा आगजनी गरि जलाएका छन् ।
घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्