काठमाडौँ, १३ असार । काठमाडौँ स्पोट्र्स इभेन्ट्स प्रालिको आयोजनामा नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ ।
आउँदो भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौँको बुढानिलकण्ठमा फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको हो ।
कुल १० ओभरमा हुने लिगमा १० वटा फ्रेन्चाइज टिमको प्रतिस्पर्धा हुनेछ । बुढानीलकण्ठ नगरपालिकाको चुनिखेलमा रोयल स्पोट्र्स पार्कमा लिग हुनेछ । सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछ । लिगको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।
विजेताका लागि इन्डोर क्रिकेटको सर्वाधिक पुरस्कार राशीको व्यवस्था गरिने भने पनि यसबारे केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्