काठमाडौँ, १३ असार । मनसुन सुरु भएसँगै डेंगु सङ्क्रमणको जोखिम पुनः बढ्न थालेको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्याकअनुसार गएको पुसयता देशभर १ हजार ५ सय ६१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो एक सातामा ९१ जना डेंगुका नयाँ सङ्क्रमित फेला परेका छन् ।
विगतका वर्षहरूभन्दा यस वर्ष डेंगु सङ्क्रमण बढेको देखिएको छ । मनसुनको सुरुमै बिरामीहरू बढ्न थालेसँगै भदौ असोजसम्म ह्वातै बढ्न सक्ने सरुवा रोग विशेषज्ञहरू बताउँछन् । देशभरका ७३ जिल्ला डेंगु पुगिसक्यो ।
प्रतिक्रिया दिनुहोस्