काठमाडौँ, १४ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विश्व स्वास्थ्य संगठनमा नेपालका तर्फबाट प्रस्ताव गरिएको श्रमिकको स्वास्थ्य रक्षाका मुद्दालाई प्रभावकारी बनाउन विश्व स्वास्थ्य संगठनसँग सम्वाद बढाएका छन् ।
संगठनको कार्यकारी समिति सदस्यसमेत रहेको नेपालले यो मुद्दा आगामी महासभामा लैजान गृहकार्य गरिरहेको छ । यसै सन्दर्भमा थाइल्यान्डको बैंककस्थित राष्ट्रसंघीय सम्मेलन केन्द्रमा मन्त्री पौडेलले संगठनकी दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक साइमा वाजेदसँग नेपालको एजेन्डाको तयारी र यसमा जुटाउन सकिने विश्व समर्थनबारे वार्ता गरेका छन् ।
जवाफमा निर्देशक वाजेदले नेपालको एजेन्डामा समर्थन जुट्ने विश्वास गर्दै आफ्ना तर्फबाट समन्वयात्मक पहल गर्ने प्रतिबद्धता जनाइन् । हालै सम्पन्न विश्व स्वास्थ्य संगठनको महासभापछि नेपालले आगामी महासभामा नेपाली श्रमिकले भोगिरहेको स्वास्थ्य समस्या सम्बोधन गर्न सबै श्रमिकको स्वास्थ्यको जिम्मेवारी रोजगारदाताले लिनुपर्ने प्रस्ताव पठाएको थियो । जसलाई आगामी महासभामा नेपालका तर्फबाट पेस गरिने प्रेस नोटमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्