काठमाडौँ, १५ असार । कैलालीमा माछा मार्ने क्रममा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशिपुर गाउँपालिका–४ कटुवापुर निवासी १८ वर्षीय सुमित चौधरी माछा मार्ने क्रममा हिजो साँझ ५ बजे पथरैया नदीमा डुबेका थिए ।
उनी घर नजिकै रहेको पथरैया नदीमा साथीहरूसँग माछा मार्न गएका थिए । सोही क्रममा अचानक गहिरो पानीमा फसेर डुबेका चौधरीको केही समयपछि उद्धार गरिएको थियो ।
उद्धारपछि उनलाई तत्काल उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लैजाने प्रयास गरिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्