पर्वत, १५ असार । पर्वतको फलेवास नगरपालिका–८, नेपानेमा गए राति जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग१ज ६९७ नम्बरको जीप दुर्घटना हुँदा फलेवास–८, ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका क्षेत्रीको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा फलेवास–७ का ३४ वर्षीय विक्रम सुनार, वडा नम्बर–८ का ३३ वर्षीय सुरज सुनार घाइते भएका छन् ।
घाइते दुवैजनाको उपचार गण्डकी मेडिकल कलेजमा भइरहेको छ । उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्