समाचार

ब्राउन सुगर जस्तो खैरो पदार्थसहित एक जना पक्राउ



काठमाडौँ, १५ असार । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट शनिबार सशस्त्र प्रहरीले ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

भारत घर बताउने ३५ वर्षीय गणेश शर्मालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीले सो ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

बीआर ५० एए ८३६७ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा रहेको सुरक्षा फौजले शङ्का लागि जाँच गर्दा उनको साथमा प्लास्टिकले बरेर राखिएको ६/६ ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको थियो ।

नियन्त्रणमा लिएका शर्मालाई बरामद लागूऔषतसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।