काठमाडौँ, १५ असार । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–२ टाँडीस्वारामा विषालु च्याउ खाँदा एउटै गाउँका १६ जना बिरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार स्थानीय जीवनज्योति चर्च मण्डलीको भवनमा ढलानको काम गर्न गएकाहरू भोजमा च्याउ खाएर बिरामी भएका हुन् । बिरामी सबै बुलिङटार गाउँपालिका–२ का रहेका छन् ।
बिरामीमध्ये नौ जनाको भरतपुर अस्पतालमा र सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
प्रतिक्रिया दिनुहोस्