काठमाडौँ, १५ असार । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब निक्षेप खिच्दैछ ।
निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत् राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको उक्त निक्षेप खिच्न लागेको हो ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले यस्तो तरलता निरन्तर खिच्दै आएको छ । राष्ट्र बैंकका अनुसार निक्षेप बढेपछि आइतबार ३ बजे अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । सावाँ ब्याज भुक्तानी आजै हुने राष्ट्र बैंकले जनाएको छ ।
बोल गर्न सकिने न्यूनतम रकम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्