राजनीति

कांग्रेसको क्रियाशील सदस्यको संख्या नाघ्यो ८ लाख



काठमाडौँ, १७ असार । कांग्रेसले असार  मसान्तसम्मका लागि क्रियाशील सदस्यता नवीकरणका लागि समयावधि तोकेको छ ।  हालसम्म ५ जिल्लामा क्रियाशील सदस्यता नवीकरणको काम सकिएको छ । बैठकको  सुरुवातमै महामन्त्री गगन थापाले पार्टीमा क्रियाशील सदस्यको संख्या ८ लाख ७०  हजार नाघेको जानकारी गराएका थिए । उनले क्रियाशील सदस्यको वर्तमान  विवरण सार्वजनिक गर्दै हालसम्म ८ लाख ७० हजार ७ सय ८० जना कांग्रेसका  क्रियाशील सदस्य भएको देखाए ।  

थापाले भने, ‘ती मध्यमा १४ औं महाधिवेशनमा  नवीकरण गर्नेहरू ४ लाख २३ हजार ४ सय ३४ जना, नयाँ ४ लाख ४७ हजार ३ सय ४६ जना र  नेपाली जनसम्पर्क समितिबाट १९ हजार ५ सय ९२ जना क्रियाशील छन् ।’ नवीकरणको  अवस्थाका विषयमा भने थापाले कांग्रेस क्रियाशील सदस्यता नवीकरणको फाराम  ०७९ चैत २२ गतेदेखि नै जिल्लामा पठाउन थालिएको बताए । सोहीअनुसार ८  लाख ७० हजार ८८४ वटा फाराम पठाइसकिएको छ । नयाँ  सदस्यताका विषयमा नयाँ क्रियाशील सदस्यता फारम २ लाख १७ हजार ९ सय १ वटा  पठाइएको छ ।