Banner News

नेपालले दियो भुटानलाई ३५९ रनको लक्ष्य 



काठमाडौँ, १७ असार । रौनक श्रीवास्तवको शतक तथा दुई अर्धशतक मद्दतमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानलाई ३५९ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल खडा गरेको हो । यो प्रतियोगितामा यो दोस्रो सर्वाधिक स्कोर हो ।

रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाए । त्यस्तै जोय थापा ६१ रनमा अविजित रहे भने शिवांश बजगाइले ५४ रन बनाए ।

भुटानका सन्जय दोर्जीले ३ विकेट लिए भने तेन्जिन लोदेले १ विकेट लिए । हालसम्म नेपालले खेलेका तीनवटै खेल जितेको छ र सेमिफाइनल खेल्ने पनि पक्का भइसकेको छ ।