Banner News

गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा हुँदैन: गृहमन्त्री लेखक



काठमाडौँ, १७ असार । गृहमन्त्री रमेश लेखकले नेकपा (एमाले)सँगको गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा नहुने बताएका छन् ।

मंगलबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै गृहमन्त्री लेकले अन्य दललाई पनि समावेश गरेर गठबन्धनलाई थप सशक्त बनाउन लाग्नु कांग्रेसका लागि फलदायी हुने बताए । 

गृहमन्त्री लेखकले बैठकमा भने, ‘गठबन्धनलाई राम्रोसँग हिँडाएर कांग्रेसको हितमा जान सक्ने किसिमले काम गरिरहेका छौँ । अरू राजनीतिक दलहरूलाई पनि समेटेर अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ । अहिले अर्को विकल्पमा कुरा गर्न थाल्यौ भने गन्तव्यमा पुग्दैनौँ । कांग्रेसलाई ठिक हुँदैन । यही गठबन्धनमा कमीकमजोरीलाई सुधार गर्दै अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ । प्रयास गर्दागर्दै पनि कमीकमजोरी हुन्छन् । धेरै साथीहरू सरकारमा बस्नुभएको छ, नबसेका साथीहरूले पनि अवस्था बुझ्नु भएकै छ ।’