राजनीति

संविधानसभा सदस्य यादवको निधन



बारा, १८ असार । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ ।

बाराको सुवर्ण गाउँपालिका-२ कवहीजगात गाउँ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको छोरा डा. जितेन्द्र यादवले बताए । 

यादव मधुमेह रोगबाट लामो समयदेखि पीडित थिए । २०७० सालको दोस्रो संविधानसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए । उनी कांग्रेसका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य थिए । उनका २ छोरा, २ छोरी र श्रीमती छन् । यादवको अन्तिम संस्कार आजै गाउँमा गरिने परिवारले जनाएको छ ।