अर्थ

निगुरोको भाउ बढ्यो



काठमाडौँ, १८ असार । बजारमा निगुरोको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज निगुरोको भाउ बढेको हो ।

निगुरोको भाउ थोकमा प्रतिकिलो ६० रुपैयाँ बढेको छ । मंगलबार निगुरोको भाउ थोकमा प्रतिकिलो ५५ रुपैयाँ थियो । आज भने यसको भाउ किलोमा १ सय १५ रुपैयाँ कायम छ ।

अघिल्लो साता बजारमा निगुरो प्रतिकिलो थोकमा २० रुपैयाँदेखि ३० रुपैयाँसम्म किनबेच भएको थियो ।