अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १८ असार । आज बजारमा सुन मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १२ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९१ हजार ७ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला २१ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।