राजनीति

डा.रूपाखेती युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि गैरआवासीय राजदूतमा नियुक्त



काठमाडौँ, १८ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा.शैल रूपाखेतीलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले रुपाखेतीलाई आज गैर आवासीय राजूदत पदमा नियुक्त गरेका हुन् ।