समाचार

डेटिङ एप बनाएर अवैध धन्दा गर्ने ६ जना चिनियाँ पक्राउ



काठमाडौँ, १८ असार । डेटिङ एप बनाएर काठमाडौँमा अवैध धन्दा सञ्चालन गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार ललितपुरको दमकल चोकबाट ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । उनीहरुले दमकल चोकमा एक घर भाडामा लिएर सोसियल सफ्टवयेर डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरी अवैध कल सेन्टर, डेटिङ एप र क्रिप्टो कारोबार गरेको आरोप छ ।

नेपाली युवा युवतीहरुलाई डेटिङ एमार्फत सम्पर्क गरी अनलाइन डेटिङ स्क्याममा लगाउने गरेको पाइएको छ । यसका साथै उनीहरुले क्रिप्टोको कारोबार गरेको पनि सीआईबीले बताएको छ ।

उनीहरुको साथबाट प्रहरीले १३ लाख ९९ हजार ९५० अवैध रकम पनि बरामद गरेको छ । यो घटनामा सीआईबीले ५२ जनालाई नियन्त्रणमा लिएको बाँकी ४६ जनालाई भने हिरासत बाहिरै राखेर मुख्य ६ जनालाई हिरासतमै राखेर अनुसन्धन अघि बढाएको छ ।