ललितपुर, १९ असार । ललितपुर महानगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।
‘स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले महानगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको हो ।
जिल्ला खोप समन्वय समितिको अध्यक्षमा जिल्ला समन्वय समितिका अध्यक्ष हुने व्यवस्था छ । जिल्ला खोप समन्वय समितिमा सदस्य सचिव एवम् जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा.भुवन पौडेलले नगर प्रमुख चिरीबाबु महर्जनलाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गरे । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्