काठमाडौँ, २० असार । सुन तथा हिरामा लगाइएको विलासी कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीले आज काठमाडौँमा प्रदर्शन गरेका छन् ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
माइतीघरमा भेला भएका सुनचाँदी तथा आभुषण व्यवसायीहरु कर खारेजीको नारा लगाउँदै बानेश्वरतर्फ अघि बढ्दैछन् ।
‘सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्न, सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने उनीहरुको माग छ । सुन बिलासी वस्तु नभएको समेत उनीहरुको तर्क छ । सुनचाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर्नुपर्ने, व्यवसायी मैत्री नीति नियम तथा निर्देशिका निर्माण गर्नुपर्ने उनीहरुको माग छ ।
प्रतिक्रिया दिनुहोस्