काठमाडौँ, २१ असार । कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ ।
हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’को भूमिकाबाट चर्चामा आएकी श्रेष्ठको शुक्रबार राति निधन भएको हो ।
केही महिनादेखि बिरामी रहँदै आएकी श्रेष्ठको निधन भएको हो । सिरियलमा उनले धुर्मुसद्वारा अभिनीत पात्र ‘खड्काजी’की श्रीमतीको रूपमा छुच्ची स्वभावकी ‘अप्सरा आमा’को भूमिका निभाएकी थिइन् ।
श्रेष्ठ स्तन क्यान्सरलगायतका रोगबाट पीडित थिइन्। पछिल्ला केही सातादेखि उनी ओछ्यानमै थलिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्